चले लामो दुरीका सार्वजनिक यातायात
कोरोना भाइरस संक्रमणको चेन ब्रेक गर्न भन्दै जारी गरिएको निषेधाज्ञाका कारण लामो समयदेखि बन्द रहेको लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा आएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौले त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोग लगायतका परीक्षालाई समेत मध्यनजर गर्दै सरकारले तोकेको स्वास्थ्यका मापदण्ड पालना गरी सार्वजनिक यातायात चलाउन अनुमति दिएको हो ।
‘मन्त्रीपरिषद्को मिति २०७८/०४/०४ को निर्णय अुनसार त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोग लगायतका निकायहरुबाट परीक्षा कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट हुने परीक्षा तथा सर्वसाधारणहरुको आवतजावतलाई सहज बनाउन उपत्यकाका सम्पूर्ण यातायात व्यवसायीहरुले सरकारले तोकेको जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लोमो दूरीका सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।
तपाईँको अभिमत