कोरोनाका कारण पूर्वसांसद नरेन्द्र बस्नेतको निधन
अ +
अ -
काठमाडौं । भोजपुरका पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । ७४ वर्षका बस्नेतको उपचारका क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिहान निधन भएको हो ।
बस्नेत भोजपुर क्षेत्र नम्बर १ बाट २०४८ सालको संसदीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित हुनुभएको थियो । भोजपुरको दिङ्लामा रहेको षडानन्द सीताराम गुठीको पूर्वअध्यक्ष र अरुण माध्यमिक विद्यालयको पूर्वप्रधानाध्यापक समेत हुनुहुन्थ्यो ।
हेल्थपाटी
तपाईँको अभिमत