२४ घण्टामा थप १९० कोरोना संक्रमितको मृत्यु

फाइल तस्विर
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा १९० जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप १९० जना संक्रमितको मृत्यु भएको छ ।
यो सँगै कोरोना संक्रमित मृतकको संख्या ५८ सय ४७ पुगेको छ । आज देशभर ८ हजार ३०५ जनालाई संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ६ हजार ५४३ जना संक्रमणमुक्त भएका छन् ।
अहिले १ लाख १५ हजार ८५२ जना संक्रमित आइसोलेसनमा छन् । नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ९२ हजार ४९९ पुगेको छ भने ३ लाख ६६ हजार ९४६ निको भएका छन् ।
हेल्थपाटी 
तपाईँको अभिमत