आँखा पाक्ने समस्या देखिए के गर्ने, के नगर्ने ?
गर्मीयाममा धुलोधुवाँ बढी हुने हुँदा आँखा पाक्ने समस्या धेरैमा देखिन्छ । आँखा पाक्ने रोगलाई चिकित्सकीय भाषामा ‘कन्जक्टिभाइटिस ’ भनिन्छ ।
नेपालगञ्जमा पछिल्लो समय आँखा पाक्ने रोगका बिरामी बढेका छन् । कन्जक्टिभाइटिस भाइरसका कारण एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने भएकाले बिरामीकाे सम्पर्कबाट टाढानै बस्नुपर्छ ।
आँखा पाक्ने समस्या देखिए के गर्ने, के नगर्ने ? नेपाल नेत्रज्योती संघको सुझाव यस्तो छ ।
-आँखा पोलेको महसुस भएमा चिसो बरफ वा आइसले सेक्ने
-सफा पानीले पटक पटक आँखा सफा गर्ने
-कालो चश्माको प्रयोग गर्ने
-बढि समस्या देखिए नजिकैको आँखा अस्पताल वा उपचार केन्द्रमा गई आँखा परिक्षण गराउन
-प्रशस्त मात्रामा पानी पिउने
-आँखा छुनुभन्दा आगाडि राम्रोसँग साबुन पानीले हात धुने
-संक्रमित आँखालाई छोएपछि ढोकाको चुकुल, भाँडाकुँडा, फ्लसको स्वीच आगि छुँदा तौलियाले छुने
के नगर्ने ?
-संक्रमित आँखालाई नछुने वा नचलाउने
-भिडभाड हुने ठाँउहरुमा नजाने
-अरुले प्रयोग गरेको तौलिया, रुमाल, सिरानी, ओछ्यान आदिको प्रायेग नगर्ने
-आफूले प्रयोग गरेको सामान तथा वस्तुहरु छुट्टै राखी अरुलाई प्रयोग गर्न तथा छुन नदिने
-चिकित्सकको सल्लाह बिना जथाभावी औषधिको प्रयोग नगर्ने
-आँखामा जोडपर्ने कुनै काम नगर्ने
हेल्थपाटी
तपाईँको अभिमत