शिक्षण अस्पताल महाराजगञ्जमा १० औं कलेजो प्रत्यारोपण
अ +
अ -
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा १० औं कलेजो प्रत्यारोपण सफल भएको छ। कलेजो प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारी नेतृत्वको टोलीले अस्पतालमा मंगलबार एक पुरुषमा कलेजो प्रत्यारोपण गरेको हो ।
डा. भण्डारीका अनुसार कलेजोको क्यान्सरसमेत देखिएका बुटवलका ३१ वर्षका पुरुषलाई उहाँकी ३० वर्षकी श्रीमतीले कलेजो दान गर्नुभएको थियो ।
कोरोना महामारीका कारण प्रत्यारोपण सुस्त भएको त्रिवि शिक्षण अस्पतालमा हाल प्रत्यारोपण सेवाले गति लिन थालेको छ । यसअघि अस्पतालमा पुस २९ गते कलेजो प्रत्यारोपण गरिएको थियो। नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा गरिएको हो ।
हेल्थपाटी
तपाईँको अभिमत