संवेदनशील र प्राविधिक जनशक्ति डाक्टर किन बरालिएको होला ?
यो लेख चिकित्सकहरुको पक्षमा समर्पित छ नेपालमा मात्र होइन विश्वव्यापी रुपमै चिकित्सक पेशालाई सम्मानित पेशाको रुपमा लिइन्छ
सामान्यतया जुनसुकै मुलुकका धेरै विद्यार्थी पहिलोको रोजाइ चिकित्सा विधा पढ्ने र चिकित्सक हुने हुन्छ स्क्यान्डेभियन मुलुकहरू विशेष री फिनल्याण्डको विद्यालय तहको शिक्षा विश्वमै उत्कृष्ट मानिन्छ त्यहाँका मानिसहरुको पहिलो रोजाइको पेशा शिक्षक हुने रहेछ ।
त्यस्ता मुलुको शिक्षा र शिक्षकको उदाहरण दिँदा पनि चिकित्सक, वकिल र इञ्जिनियरभन्दा अझ सम्मानित छ, शिक्षण पेशा भनेर दिइने गरिन्छ।
मानिसको स्वस्थ्यसँग प्रत्यक्ष सम्बन्ध भएको यस पेशाले सम्मान पाउनु स्वभाविक हो सेतो लुगा लगाएका स्वस्थ्यकर्मी देखेपछि मनमा अर्कै सम्मान भाव उत्पन्न हुन्छ बोल्ने र व्यवहार गर्ने कुरामा पनि फरकपन आउँछ, संवेदनशिलता देखिन्छ
कहिलेकहीँ अस्पतालमा डाक्टरलाई अभद्र व्यवहार गरे भन्ने समाचार सुन्नु पर्दा खिन्न लाग्छ । चिकित्सकहरू राजनीतिमा लागे रे भन्दा पनि मनमा अशान्ति हुन्छ।
मानिसको उपचार गर्ने संवेदनशील र प्राविधिक जनशक्ति किन बरालिएको होला भन्ने लाग्छ अझ चिकित्सकहरू जग्गा किनबेेचको धन्दामा लागे रे भन्ने पनि यदाकदा सुनिन्छ
यस्तै असहजता कै अवस्थाबाट यो लेख लेख्दैछु
चिकित्सकहरूबाट नै सामाजिक सञ्जालहरुमा अत्यन्तै भ्रामक, कपोलकल्पित र तथ्यहीन विषयवस्तुहरू सार्वजनिक भए अस्वभाविक विरोध पनि भयो त्यतिमात्र होइन चिकित्सा आयोग परिसरमा अभद्र घटना घट्यो
सार्वजनिक सम्पतिको तोडफोड भयो आगजनीको प्रयास भयो पंतिकारको गुनासो र चिन्ता तोडफोड भएको कुरामा होइन चिकित्सा शिक्षा आयोगको विपक्षमा भएका व्यवहारमा पनि होइन एउटा मान्छेले आफ्नो बुझाइको धरातलबाट सत्य त्यही ठान्दछ
अर्कोको बुझाइको धरातलबाट अर्कै सत्य ठानेको हुन्छ तर्कसंगत, तथ्यसंगत र प्रमाणसंगत तरिकाले गरिएको असहमिति र विमर्शले सिर्जना गर्छ नयाँ ज्ञान, मूल्य र मान्याता स्थापित गर्दछ तर अपूरो जानकारीबाट, असत्य सूचनाबाट, गलत तथ्यका आधारमा बनाइएका धारणाले सिर्जना गर्दैन्
ध्वंस गर्छ समाजमा दूरगामी रुपमा नकरात्मक असर पुर्याउँछ । यस युगका पुस्ताले मात्र होइन आगमी पुस्ताले पनि दुख पाउने विषय बन्दछ अरुको बुझाइलाई विनातर्क अस्वीकृति गर्नु त्यो स्वभाविक हुँदैन। त्यसमा कित स्वार्थ लुकेको हुन्छ वा मुर्खता
एमबीबीएस गरिसकेका डाक्टरहरु जस्ले सेतो कपडा लगाएर आगो बाल्छन्, झ्यालमा ढुङ्गा हान्छन्, सरकारी गाडी फुटाउँछन् यसलाई कसरी स्वभाविक मान्ने ?
डाक्टरका यस्ता हर्कतमा देशका जिम्मेवार दलका भातृसंगठन मतियार बन्दछन् । अनि दलहरु मौन हुन्छन् । प्रवुद्ध वर्ग र गन्यमान्य चिकित्सकहरु समेत बोल्दैन् बरू मौन समर्थन गर्छन्।
प्रविधिको विकाससँगै आएको सामाजिक सञ्जालले धेरै सजिलो बनाएको छ । तर सामाजिक सञ्जालसँग सतर्क रहन जरुरी छ।
झुटलाई सत्य बनाउन पनि सामाजिक सञ्जालको प्रयोग भइरहेको पाइन्छ । कुनै कुराको राम्रोसँग विश्लेषण नै नगरी सामाजिक सञ्जालमा जे आएको छ, त्यसलाई निर्धक्कसँग सत्य मानिदिँदा धेरै समस्या उत्पन्न भएका छन् ।
मन नपरेका विषयमा तथानाम भन्ने अरुलाई अपमान गर्ने त सामान्य हुनलागिसक्यो ।
पहिला डाक्टरहरुबाट नै आयोगको कार्यलय परिसरमा आगजनी गर्ने, तोडफोड गर्ने, आयोगका सवारीसाधनमा र सुरक्षाकर्मी रहने घरमा
ढुंगा प्रहार गर्ने काम भयो।
सन्दर्भ चिकित्सा शिक्षा आयोगबाट स्नातकोत्तर तह(पीजी)का विभिन्न शैक्षिक कार्यक्रममा विद्यार्थीको म्याचिङ र भर्ना सम्बन्धी थियो ।
सञ्चार माध्यमहरू कोही मतियार बने, कोही मौन रहे सत्यतथ्य भन्दा माहोल र हल्लाले काम ग¥यो।
समाजमा घटित कुनै घटना वा वेदनामाथि गैरजिम्मेवारपूर्ण रुपले प्रस्तुत भई कसैप्रति संवेगात्मक व्यापार वा इमोसनल व्यालकमेल गर्नु भनेको सामाजिक अपराध र सत्यमाथिको प्रहार हो भन्ने लाग्छ।
समाजका प्रतिष्ठित ठानिएका मानिसबाट हुने यस किसिमको व्यवहारले छणिक तुष्टि मिल्न सक्छ । गाली नभएर समूगत तालि पाइएको हुन्छ समग्रमा त्यसले अरु होइन त्यही वर्गप्रति अन्याय गरिरहेको हुन्छ ।
त्यसले समाज र राष्ट्रलाई समेत दूरगामी असर पारिरहेको हुन्छ । अन्याय र असर मात्र होइन बरबाद गरि हेको हुन्छ चिकित्सा क्षेत्र र सार्वजनिक स्वस्थ्यमा नजानिदो किसिमले भुसको आगोले जस्तो गरीडढाइ रहेको हुन्छ ।
एक चिकित्सा शिक्षाका शिक्षण संस्था चलाउने अनुभवी व्यक्तिको अन्तरआत्मा यसरी बोलेको हुन्छ । हामीले हुनेबाट प्रयाप्त पैसा लिएका थियौँ नहुनेलाई सहयोग पनि गरेका थियौँ विद्यार्थी संगठनहरुलाई पनि सहयोग गरिएको थियो । खुसी गराउन सकिएको थियो यदाकदा हामीलाई सहयोग पनि गरेका थिए । राजनीतिक दलका नेतालाई र दललाई राम्रै सहयोग गरिएको थियो । कसैलाई केही समस्या थिएन।
चिकित्सा शिक्षा आयोगले के पायो सयौँ मुद्दा पायो ढुंगा पायो तोडफोड पायो यसलाई अर्को तरिकाले सोच्नु पर्छ।
बसेर बहस र छलफल गरौँ सँस्कृतमा एक श्लोक छ ×विद्याहीनाः नशोभन्ते निर्गन्धा ईवः किंशुका। अर्थात रुप र यौवनले सम्पन्न भएपनि, ठूलो कुलमा जन्मिएको भएपनि, विद्याहीन छ भने ऊ गन्ध नभएको पलासकोे फूल जस्तै हुन्छ। यसैलाई बुझ्दा हुन्छ
युवाले सत्य गुमाउदै जाँदा हाम्रो भविष्य कस्तो होला ?
सामाजिक सञ्जालभित्र सत्य गुमाउँदै गएका युवा र नेपालको भविष्य’ विषयमा एक जना लेखकले नेपालक युवाहरुको प्रसंग जोडेर लेख्छन् –आजकल सामाजिक सञ्जालमा काल्पनिक र सन्दर्भ सकिइसकेका पुराना विषयवस्तुको प्रसंग जोडेर मनोवैज्ञानिक प्रभाव पारेर फाइदा लिने प्रयास एक किसिमको शिल्पकला नै भएको छ । नेपालीहरुको सजिलै पगाल्न र जित्न सक्ने भनेको विषय नै उनीहरुको मन र वेदना हो भनिन्छ ।
नेपालीहरु सहृदयी र कमलो मनका धनी मानिन्छन् सामजिक सञ्जालले कहिले हाम्रो उदार चित्तलाई संवेगात्क बनाइ उराली दिन्छ र अनुचित कार्यमा हौस्याएर उत्तजित बनाइ दिन्छन्’
यो सवालाम पनि ठ्याक्कै यी लेखकले भनेजस्तै भएको देखिन्छ । पढेलेखेका जिम्मेवार डाक्टरहरुले भुँइतहमा बसेर बिरामीका लागि पसिना बगाएर सेवा गर्नुपर्ने बेलामा यो अवस्था आउनु दुखःद् हो ।
कहीँ कतै पद्धति पनि दोष हुनसक्छ नीतिगत कमीकमजोरी होलान् । त्यसलाई सच्याउने पनि पद्धतिगत तरिका छन् प्रतिस्पर्धाको परीक्षामा अझ अब्बल हुन नसकेर मन बिग्रिएको अवस्थामा मुड बुझेर गलत विषयवस्तु संप्रेश्रण गरेर इमोसनल बनाउने कार्यले निम्त्याउने नै हो त्यही भएको छ । यसले कालन्तरमा वेफाइदा कसलाई गर्ला ? जनमानसको विश्वास देशको अब्बल भनेको जनशक्तिप्रति कस्तो बन्दै जाला चिन्ता त्याहाँ हो ।
सम्भावित दुष्परिणामस् सिकाइ र ज्ञानको विष्लेषण र सम्पेषणभन्दा पनि कसैको निर्देशनमा युवाहरूले शंका, भ्रम, कुण्ठा, गाली, गलौच बिसाउने थलो सामाजिक सञ्जाल बनाएको पाइन्छ । यसले समाजको सत्यलाई जीवित गराउन सहयोग गरेको कदापी हुँदैन ।
यस किसिमको कन्सपरेन्सी सिद्धान्तमा आधारित समूहगत कुण्ठा भरिएका रिसराग र गलत सूचनाको सम्प्रेषणबाट जनमानसलाई र दीर्घकालीन रुपमा देशका लागि नकरात्मक असर गरिरहेको हुन्छ ।
स्वयंमका लाग पनि ज्ञान निर्माण गर्ने तागत कमजोर गराएको हुन्छ बहुसत्यको कदर र स्वयम् भित्रको सत्य बोध गरी नयाँ सत्यको सिर्जना गर्ने क्षमता गुम्छ कालन्तरमा यसले मानसिक स्वास्थ्यमा असर र अस्थीर बनाउँछ परनिर्भर ज्ञानले मन विचलित बनाउछ मानसिक समस्याहरु पैदा भई डिप्रेसन हुने जटिल समस्या निम्तिन सक्छ यो सबैका लगि दुख:द् कुरा हो।
यो चिकित्सा शिक्षा आयोग र केही डाक्टरको विषय होइन चिकित्सा क्षेत्रका बारेमा भविष्यका लागि विश्वास निर्माण र विनिर्माण कुरा हो।
विमतिमा विमर्श होइन हातमा ढुंगा र सौताने व्यवहारले हामी कता जान्छौँ विरोध र चर्को बोलेर माथि पुगिन्छ भन्ने सोचलाई नबोलेर प्रश्रय दिनु पनि कदपी यस क्षेत्रको भविष्यका लागि राम्रो होइन ।
जनमानसमा एकपटक विश्वास राम्रैसँग गुम्यो भने हामी कसलाई के फाइदा होला त्यता तिर सोच पुगेको छ ? ठूला मान्छे र सीमा क्षेत्रका मानिसहरु विदेश गएर उपचार गर्ने नियती नै बनिसकेको अवस्थालाई प्रश्रय नै दिएका होलान नि हाम्रा यी व्यवहार र कर्मले ?
हामीले यसरी नै सदियौं सम्मकालाई चिकित्सा शिक्षालाई तहस नहस बनाउने हो ? एकपटक विश्वास गुमेर धरातलमा पुगेपछि फेरि ब्यूतिन धेरै समय लाग्छ । विश्वासको विनिर्माण र निर्माण घर भत्काउने र बनाउने जस्तो होइन।
निचोडस् हामी बदलिएर विमर्शका आधारमा सिर्जनशीलता, संस्कारिक सोच र कर्ममा विश्वास गर्ने युवाको क्रान्ति नै गर्नुपर्ने वेला हो यो, त्यो सम्भव छ, सकिन्छ क्षमतावानको उपयोग, आत्मविश्वास वा निर्धक्कताको प्रवर्द्धन गर्न सकिन्छ । मित्रता वा सम्बन्ध स्थापना, नैतिकता मूल्यमान्यता र अरुप्रति देखाउने व्यवहार, हेरचाह र दया–माया जस्ता पक्ष गुमाउदै जाँदा नेपाली समाज र समग्र मुलुकलाई नजानिदो किसिमले दूरगामी दूष्परिणममा रुपान्त्रण गरिरहेको हुन्छ भन्ने कुरालाई सवैले मनन् गर्न पर्ने हुन्छ
(लेखक चिकित्सा शिक्षा आयोगका सदस्य सचिव हुन्)
डा. भोजराज शर्मा काफ्ले
तपाईँको अभिमत