बिरामीको मृत्यु भएपछि केएमसी अस्पताल तोडफोड, ९ जना प्रहरी नियन्त्रणमा
काठमाडौं । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आफन्तहरुले काठमाडौँ मेडिकल कलेज(केएमसी)मा तोडफोड गरेका छन् । नागार्जुन नगरपालिका – ५ छगडोलकी ५८ वर्षकी लक्ष्मी कुँवरको उपचारका क्रममा गएराती मृत्यु भएपछि आफन्तहरुले अस्पतालमा तोडफोड गरेका हुन् ।
महानगरीय प्रहरी वृत्त, गौशालाका प्रहरी नायब उपरीक्षक (डिएसपी) जितेन्द्रकुमार भण्डारीले हातखुट्टा सुन्निनुका साथै श्वाश्प्रश्वासमा समस्या भएपछि कुवरँलाई २१ गते अस्पताल भर्ना गरिएकोमा उपचारका क्रममा गएराती मृत्यु भएपछि आफन्तहरुले तोडफोड गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार ताडफोडबाट अस्पतालको १० – ११ वटा झ्याल्का सिसा फुटेका छन् । तोडफोडमा संलग्न ९ जनालाई नियन्त्रणमा लिइएको भण्डारीले जानकारी दिनुभयो ।
चिकित्सकहरुले बिरामीको विभिन्न अंगहरू नचलेको र हृदयघातबाट मृत्यु भएको जानकारी गराएपछि सो कुरामा चित्त नबुझेको भन्दै आफन्तहरूले तोडफोड गरेको भण्डारीले बताउनुभयो ।
आफन्तले क्षतिपूर्तिको माग गरेका छन् तर यस विषयमा वार्ता निष्कर्षमा नपुगेको भण्डारीले जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत