कहाँ-कहाँ बढिरहेको छ डेंगी, सुनसरीमा मात्रै ६१ प्रतिशत
देशभर डेंगी संक्रमितको संख्या ५ हजार ६८८ पुगेको छ। स्वास्थ्य सेवा विभाग एपिडिमियोजोली तथा रोग नियन्त्रण महाशाखा(इडीसीडी)ले दिएको जानकारी अनुसार प्रदेश १ को सुनसरी जिल्लामा अत्याधिक डेंगीका बिरामी देखिएका छन्।
सन २०२३ सुरु भएदेखि साउन १४ गतेसम्मको आँकडाअनुसार ५,६८८ मध्ये ३४८६ अर्थात ६१.२८ प्रतिशत सुनसरी जिल्लामा मात्रै डेंगीका बिरामी रहेका छन्। गत जनवरी १ देखि अहिलेसम्मका ३४८६ मध्ये २८०६ जुलाइ महिनामा मात्रै डेंगी पुष्टि भएका छन् ।
देशभर जुलाइ महिनामा ३९१४ डेंगी संक्रमित देखिएका छन्।
सुनसरीपछि सबैभन्दा बढी ६५५ जना धादिङमा रहेका छन्। कास्कीमा २०८, दार्चुलामा १९१ र काठमाडौंमा ९६ डेंगीका केस रहेको इडीसीडीले जानकारी दिएको छ।
इडीसीडीअनुसार हालसम्म डेंगी रोगकै कारण ४ जनाको मृत्यु भएको पुष्टि भएको छ। डेंगीसँग सम्बिन्धित लक्षणबाट १ जनाको मृत्यु भएको छ भने। डेंगीसँगै अन्य रोगसमेत रहेका घ जनाको मृत्यु भएको इडीसीडीले जनाएको छ।

हेल्थपाटी
तपाईँको अभिमत