२४ घण्टामा ५ सय ३४ जनामा कोरोना सङ्क्रमण
अ +
अ -
काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
३५ सय ८८ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ९० जना र ५ सय ६४ जनाको एन्टिजेन परीक्षण गर्दा ४४ जना गरी ५ सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १ सय ५७ जना निको भएका छन् । अहिले नेपालमा ४ हजार ८४ जना सक्रिय सङ्क्रमित छन् ।
पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३ हजार ६६ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत