भारतमा ३० करोड व्यक्ति कोरोना संक्रमित : सेरो प्रिभिलेन्स सर्वे
अ +
अ -
नयाँ दिल्ली । भारतमा सरकारी आँकडाभन्दा धेरै गुणा बढी कोरोना संक्रमित रहेको एक अध्ययनले देखाएकाे छ । भारतको चिकित्सा अनुसन्धान परिषद् (आइसीएमआर)ले गरेको सेरो प्रिभिलेन्स सर्भेले हरेक ४ व्यक्तिमा एक व्यक्ति संक्रमित भइसकेको हुनसक्ने देखाएको छ । सर्भेका अनुसार भारतमा करिब ३० करोड व्यक्ति संक्रमित भइसकेका छन् ।
विश्वमा संक्रमित धेरै रहेको देशमा दोस्रोमा रहेको भारतमा सरकारी आँकडा अनुसार महामारी सुरु भएदेखि हालसम्म १ करोड ८० लाख मानिस संक्रमित भएका छन् ।
अमेरिकामा सबैभन्दा धेरै संक्रमित छन् जहाँ २ करोड ७० लाख मानिसलाई संक्रमण पुष्टि भइसकेको छ । समुदायमा कति व्यक्ति संक्रमित भए भन्ने थाहा पाउन सेरो प्रिभिलेन्स अध्ययन गर्ने गरिन्छ ।
हेल्थपाटी
तपाईँको अभिमत