ईपीएस परीक्षा विवाद : युवाले लगाए मन्त्रीको गाडीमा आगो
अ +
अ -
कोरियाको रोजगारीका लागि तयारी गरिरहेका युवाले मन्त्रीको गाडीमा आगो लगाएका छन् । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषय लिएर प्रदर्शन गरिरहेका युवाहरुले गाडीमा आगजनी गरेका हुन् ।
ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरिएको हो।
मन्त्री ज्वाला भने सवार नभएको पाइएको छ । मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएका हुन्।
हेल्थपाटी
तपाईँको अभिमत