स्वास्थ्य प्रणालीलाई थप सबलीकरण गर्न दक्षिणपूर्वी एसियाली देशद्वारा १२ बुँदे घोषणपत्र जारी
विश्व स्वास्थ्य सङ्गठनको दक्षिणपूर्वी एसिया क्षेत्र अन्तर्गतका देशहरूले हालको महामारीबाट पाठ सिक्दै र बिरलै मात्र आउने यस्तो अवसरको उपयोग गरेर स्वास्थ्य प्रणालीहरूको उत्थानशीलतालाई थप सबलीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपालको आयोजनामा जारी ७४ क्षेत्रीय समितिको बैठकमामन्त्रीस्तरीय गोलमेचमा यस्तो प्रतिवद्धता जनाइएको हो । उक्त घोषणा मार्पmत सदस्य राष्ट्रहरूले स्वास्थ्य सुरक्षा अभिवृद्धि गर्न र स्वास्थ्यमा सर्वव्यापी पहुँच र स्वास्थ्यसँग सम्बन्धित दिगो विकास लक्ष्यहरू तर्पm प्रगति गर्नआवश्यक राजनीतिक नेतृत्व र जवाफदेहीता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
दक्षिणपूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले भन्नुभयो, “प्राथमिक स्वास्थ्य स्याहारमा केन्द्रित र सम्पूर्ण जनसंख्यालाई समेट्ने मजबुत स्वास्थ्य प्रणालीहरूले जनतालाई थप स्वस्थ, उत्पादक र आर्थिक रूपमा सुरक्षित बनाउन मद्दत गर्दछन् ।
सदस्य राष्ट्रहरूले सार्वजनिक लगानी अभिवृद्धि गर्दै स्वास्थ्य प्रणालीहरूलाई बृहत् प्राथमिक स्वास्थ्य सेवातर्फ पुनः अभिमुखीकरण गर्ने र सो मार्फत जनस्वास्थ्य सम्बन्धी आपत्कालीन प्रतिकार्य क्षमताको लागि र स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्नका लागि आधार निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।
उक्त घोषणामा महामारीको दौरानमा र महामारी पश्चातको समयमा अत्यावश्यक स्वास्थ्य सेवाहरू र जनस्वास्थ्यका कार्यक्रमहरू सुचारु राख्नका लागि समुदायहरूलाई अझ संलग्न गराउने र समुदायहरूको सशक्तिकरण गर्ने उल्लेख गरिएकाे छ ।
जोखिममा रहेका र प्रभावित समुदायहरूका लागि प्रभावकारी प्रतिकार्य सञ्चालन गर्नका लागि, सदस्य राष्ट्रहरूले जनस्वास्थ्य आपत्काल सम्बन्धी र विपद् जोखिम व्यवस्थापन सम्बन्धी रणनीतिहरूलाई एकीकृत गर्ने र प्राथमिक स्वास्थ्य स्याहारको तहमा निगरानी तथा तयारी क्षमताको सुदृढीकरण गर्ने सहमति भएकाे छ ।
यसका अतिरिक्त, सदस्य राष्ट्रहरूले प्राथमिक स्वास्थ्य स्याहारको तहमा मानसिक स्वास्थ्य तथा अन्य रोग लगायतका नसर्ने रोगहरूलाई समाहित गर्ने, प्राथमिक स्वास्थ्य स्याहारका सेवाहरूका लागि राष्ट्रिय गुणस्तर मापदण्डहरू स्थापना गर्ने र महामारी तथा पुनरुत्थानको दौरानमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
त्यसैगरी, सदस्य राष्ट्रहरूले परम्परागत औषधि प्रणालीहरूको सम्भाव्यताको उचित उपयोग गर्ने र साथै डिजिटल स्वास्थ्य प्रविधिमा भएका नवीनतम आविष्कारहरूको पनि सर्वोत्तम उपयोग गर्ने सहमति जनाएका छन् ।
उक्त घोषणामा जनस्वास्थ्य सम्बन्धी आपत्कालहरूलाई सम्बोधन गर्न र सबैका लागि उच्च गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह भएको सुनिश्चित गर्न आवश्यक पर्ने राष्ट्रिय क्षमता विकासको कार्यमा विश्व स्वास्थ्य सङ्गठनको महत्वपूर्ण भूमिका लगायतका अतिरिक्त स्रोत तथा साझेदारीहरूको महत्व माथि पनि जोड दिइएको थियो ।सम्मेलन भदाै २५ गतेसमम् चल्नेछ ।
हेल्थपाटी
तपाईँको अभिमत