भोलि देशभर आकस्मिक र कोभिड - १९ बाहेकका सबै सेवा ठप्प
अ +
अ -
काठमाडौं । नेपाल चिकित्सक संघले अनसनरत डा.गोविन्द केसीको जीवन रक्षाका लागि आन्दोलन स्वरुप भोलि देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकिस्मक र कोभिड - १९ बाहेकका सम्पूर्ण सेवा ठप्प गर्ने घोषणा गरेको छ ।
डा.केसीको जीवन रक्षाका लागि सरकार गम्भिर नभएको एवं वार्ता र संवाद बेवल औपचारीकताका लागि मात्रै सिमति भएको भन्दै संघले पुन आन्दोलन गर्न लागेको जनाएको छ ।
यसअघि संघले तय गरेको आन्दोलन स्थिगित गरेको थियो । डा. केसी २७ दिनदेखि अनसनमा हुनुन्छ ।
हेल्थपाटी
तपाईँको अभिमत