अब निजी अस्पताल तथा मेडिकल कलेजको ५० प्रतिशत बेड कोभिडका लागि
काठमाडौं । अब देशभरका निजी अस्पताल तथा मेडिकल कलेजहरुले कोरोना संक्रमितको उपचारका लागि ५० प्रतिशत बेड छुट्याउनुपर्ने भएको छ । काठमाडौं उपत्यकाका सरकारी अस्पतालहरुले भने १०० प्रतिशत नै छुट्याउनुपर्नेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले निजी, सहकारी, सरकारी गैरसरकारी लगायतका सम्पूर्ण अस्पताल तथा मेडिकल कलेजहरुले कोभिड उपचारका लागि ५० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको हो ।
स्वास्थ्य मन्त्रालयको नियममित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यसबारे जानकारी दिनुभएको हो । यसअघि गरिएको निर्णयमा निजी, सामुदायिक सहकारी अस्पतालमा २० प्रतिशत शय्या र मेडिकल कलेजहरुले ३३ प्रतिशत शैय्या कोभिडका लागि छ्ट्याउने निर्णय भएको थियो ।
सो निर्णय परिवर्तन गरी सबै अस्पतालले कम्तिमा ५० प्रतिशत शैय्या कोभिडका लागि छुट्याउनु पर्ने निर्णय गरिएको प्रवक्ता गौतमले जानकारी दिनुभएको छ । आइसीयू, भेन्टिलेटरसहितका पूर्वाधार पनि सोही अनुपातमा कोभिडका लागि छुट्याउनुपर्ने उहाँले बताउनु भयो ।
हेल्थपाटी
तपाईँको अभिमत