डाक्टर सांसदले सेवन गरे संसद बैठकमै सुर्तीजन्य पदार्थ(भिडियो)
आफैँ चिकित्सक रहेका नेपाली कांग्रेसका सांददले संसद बैठकमै सुर्तीजन्य पदार्थ सेवन गरेका छन् । नेपाली कांग्रेस पूर्व महामन्त्री समेत रहेका डा.शशांक कोइरालाले सोमबारको प्रतिनिधिसभा बैठक चलिरहेका बेला गुट्खा प्याकेटबाट मुखमा खन्याएका हुन् ।
शून्य समयमा नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईं बोलिरहेका बेला क्यामरामा फ्रेममा डा.कोइराला पनि देखिएका थिए । बजगाईं बोल्न सुरु गर्दा देखि नै उनले गुट्खा चपाइरहेको देखिन्थ्यो । एकैछिनपछि उनले गुट्खाको प्याकेट निकालेर सबै मुखमा खन्याउँछन् । अनि प्याकेट कुर्सीमुनि फालेको लाइभमै देखिन्थ्यो ।
सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियम गर्ने) ऐन २०७६ (संशोधनसहित) ले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको सेवनलाई बर्जित गरेको छ । उक्त ऐन संसदबाट पारित भएको समयमा डा.कोइराला समेत प्रतिनिधिसभा सदस्य थिए।
डा.कोइराला सांसद मात्रै नभएर आफैँ चिकित्सक समेत हुन् । कोइराला नेत्ररोष विशेषज्ञ हुन् ।
भिडियो
हेल्थपाटी
तपाईँको अभिमत