काठमाडौंको तारकेश्वरमा फेरि बर्डफ्लू पुष्टि, साढे १२ हजार बढी कुखुरा नष्ट

अ +
अ -
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लू भेटिएपछि त्यहाँ पालिएका साढे १२ हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ ।
तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटमा बिहीबार विक्रम गौतम र कमल गौतमको फार्मबाट ६ हजार ५ सय २५ वटा लेयर्स कुखुरा नष्ट गरिएको पशु सेवा विभागका प्रवक्ता डाक्टर चन्द्र ढकालले जानकारी दिनुभयो ।
तारकेश्वर नगरपालिका–१ मै यसअघि बर्डफ्लु पुष्टि भएपछि १४ सयभन्दा धेरै हाँस मारिएको थियो । यस अघि पनि तारकेश्वर नगरपालिका र सुर्खेतमा बर्डफ्लूको सङ्क्रमण देखिएको थियो।
तपाईँको अभिमत