अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मीहरुलाई खटिएकै तहबाट तलबभत्ता दिइने
अ +
अ -
काठमाडौं । अध्ययन तथा असाधरण बिदामा रहेका तर कोभिड – १९ का कारण अध्ययन सूचारु नभएका स्वास्थ्यकर्मीहरुलाई खटिएकै तहबाट तलबभत्ता दिइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खटिएकै स्थानबाट तलबभत्ता भुक्तानी हुने गरि आवश्यकता अनुसार त्यहीबाट नै कामकाजमा खटाउन अनुरोध गरेको छ ।
कोरोना रोकथाम, नियन्त्रण र उपचार सम्बन्धि कामका लागि खटिने कर्मचारीहरुलाई सम्बन्धित तहबाट बिदाको सिफारिस भए मन्त्रालयबाट बिदा मिलान हुने जनाइएको छ ।
notice-ministry
हेल्थपाटी
तपाईँको अभिमत