एक सातामा कति घट्यो नेपालमा कोरोना ?

अघिल्लो साताको तुलनामा कोरोना संक्रमाणरमा ९.३ प्रतिशेतले कमी आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयकी प्रवक्ता डा.संगीता मिश्राले यसबारे जानकारी दिनुभएको छ ।
प्रवक्ता डा.मिश्राका अनुसार अघिल्लो साता ५१ हजार ३०९ पीसीआर परीक्षण गर्दा ११ हजार ४१ मा संक्रमण देखिएको थियो । यो पोजेटिभ रिपोर्ट देखिनेदर २१.५ प्रतिशत हो ।
यससाता ५८ हजार ७६४ को परीक्षण गर्दा ५ हजार ४२८ मा पोजेटिभ रिपोर्ट देखिएको मिश्राले बताउनु भयो । यो साताको पीसीआर परीक्षणको संक्रमणदर ९.२ प्रतिशत रहेको छ। अघिल्लो साताको भन्दा यो साता संक्रमणदरमा १२.३ प्रतिशतले कमी आएको उहाँले जानकारी दिनुभयो ।
एन्टिजेन परीक्षणतर्फ एकसातामा ९.३ प्रतिशले कमी आएको प्रवक्ता डा.मिश्राले बताउनुभयो ।
उहाँले दिएको जानकारी अनुसार अघिल्लो साता २५ हजार ७७२ एन्टिजेन परीक्षण गर्दा ४ हजार ९२४ मा संक्रमण देखिएको थियो । संक्रमणदर १९.१ थियो । यो साता २३ हजार २३ मा परीक्षण गर्दा २ हजार २५४ पोजेटिभ रिपोर्ट आएको छ । यो साताको संक्रमणदर ९.३ प्रतिशत छ । एन्टिजेनतर्फ एकसातामा ९.३ प्रतिशतले कमी आएको छ ।
औषतमा एकसातामा संक्रमणदरमा ९.४ रहेको र अघिल्लो हप्ताको तुलनामा प्रतशित ११.३ ले कम रहेको प्रवक्ता मिश्राले जानकारी दिनुभयो ।
तपाईँको अभिमत