भारतमा एकैदिन ६२ हजार भन्दाबढी संक्रमित, कफ्र्यू र लकडाउन !
काठमाडौं । केही सातायता निरन्तर कोरोना भाइरस संक्रमण बढिरहेको भारतमा पछिल्लो २४ घण्टामा ६२ हजारभन्दा बढी व्यक्तिलाई संक्रमण पुष्टि भएको छ ।
धेरै महिनापछि संक्रमित उच्च रहेको भारतमा दोस्रो दिनपनि ६२ हजारबढी मानिसलाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा ३१२ जनाको मृत्यु संक्रमणका कारण भएको छ ।
संक्रमण नघटेपछि महाराष्ट्र र दिल्ली लगायतका राज्यहरुमा निषेद्यागा जारी गरिएको छ । महाराष्ट्रमा रात्रीकालिन कफ्यू लगाएको छ भने दिल्लीमा आंशिक लकडाउन जारी गरिएको छ ।
भारतमा हालसम्म १ करोड १९ लाख बढी मानिसलाई संक्रमण पुष्टि भइसकेको छ जसमध्ये १ करोड १३ लाख २३ हजार संक्रमित निको भएका भने १ लाख ६१ हजार संक्रमितको मृत्यु भएको छ । भारतमा ६ करोड जनताले कोरोना विरुद्धको खोप लगाइसकेका छन् । अहिले त्यहाँ सक्रिय संक्रमित ४ लाख ८६ हजार रहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत