देशभर थपिए ८२१ कोरोना संक्रमित, ८४२ जना काेराेनामुक्त
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८२१ जनालाई काेरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १८१ जनाकाे पीसीआर परीक्षण हुँदा ८२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ । यसैगरी गत २४ घण्टामा ८४२ संक्रमित काेराेनामुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ३६ हजार ५७३ पुगेको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित कोरोना संक्रमित मृतकको संख्या १ हजार ७१६ पुगेको छ ।
हाल नेपालमा १० हजार ९५५ सक्रिय कोरोना संक्रमित रहेका छन् ।
तपाईँको अभिमत