सरकार शिक्षक वार्ता : शिक्षकहरूलाई निजामति कर्मचारी अस्पतालमा उपचार सहुलियत दिइने

अ +
अ -
शिक्षकहरूले निजामति कर्मचारी अस्पतालमा उपचार सहुलियत पाउने भएका छन् । बुधबार सरकार र आन्दोलनरत शिक्षक महासंघबीच भएको वार्तापछि यस्तो सहमति भएको हो ।
सरकार र शिक्षकबीच भएको सहमति सार्वजनिक गर्न आयोजित आयोजित पत्रकार सम्मेलनमा शिक्षामन्त्री रघुजी पन्तले यसबारे जानकारी दिनुभएको हो ।
उपचारका लागि निजामति अस्पतालमा विद्यालयका शिक्षक तथा सम्पूर्ण कर्मचारीले सहुलियत पाउने सहमति भएको छ ।
यसैगरी सेवा करारमा रहेका सम्पूर्ण शिक्षकको बिरामी बिदा पनि सञ्चित रहने र सेवा अवकाश हुँदा एकमुष्ठ उपलब्ध गराउने पनि सहमति भएको मन्त्री पन्तले बताउनुभयो ।
बुधबार भएको नौ बुँदे सहमतिसँगै एक महिनादेखि आन्दोलनरत शिक्षकहरू कार्यस्थल फर्किने भएका छन् ।
तपाईँको अभिमत