स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएका ५ स्वास्थ्यकर्मी पुरस्कृत
स्वास्थ्य क्षेत्रमा योगदान पुरयाएका
स्वास्थ्य क्षेत्रमा योगदान पुरयाएका ५ स्वास्थ्यकर्मी तथा कर्मचारी सम्मानित हुनुभएको छ ।
स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित विशेष समारोहमा स्वास्थ्यमन्त्री पदम गिरीले उहाँहरुलाई सम्मान गर्नुभएको हो ।
सम्मानित हुनेहरुमा बरिष्ठ कन्सल्टेन्ट सर्जन डा.प्रकाश क्षेत्री, नारायणी अस्पतालकी स्टाफ नर्स, कोशी अस्पतालका जनस्वास्थ्य निरीक्षक गजेन्द्रप्रसाद यादव , आयाुर्वेद तथा वैकल्पिक विभागमा कार्यरत १० औं तहका मनकर्ण थापा र उपचारात्मक महाशाखाका १० औं तहमा कार्यरत डा. पमावती थापा रहनुभएको छ ।
डा.थापा उत्कृष्ठ स्वास्थ्य सेवा र बाँकी ४ जना स्वास्थ्य सेवाबाट पुरस्कृत हुनुभएको हो । उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कारको राशी १ लाख र स्वास्थ्य सेवा पुरस्कारको राशी ५० हजार रुपैंया रहेको छ ।
अतिरिक्त सचिव डा. संगिता मिश्रको संयोजकत्वमा पुरस्कार छनौट उपसमिति गठन गरिएको थियो । स्वास्थ्यमन्त्री गिरीले विभिन्न स्थानमा रही आम नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गरेका सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिनुभयो ।
उहाँले नेपालीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन स्वास्थ्यकर्मीले पुर्याएको योगदानको उच्च मुल्यांकन सरकारले गरेको बताउनुभयो ।
मन्त्री गिरीले संविधानको मर्म अनुसार गुणस्तरीय स्वास्थ्य सेवा सबै नागरिकको सहज र सुलभ पहुँचमा पुरयाउन सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
‘दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा–निरोगी नेपाल निर्माणमा हाम्रो टेवा’ भन्ने नाराका साथ स्वास्थ्य सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
अत्यावश्यक सेवाको रुपमा रहेको स्वास्थ्य सेवालाई थप सक्षम, सेवामूलक र जनउत्तरदायी बनाउने हेतुले २०५३ साल फागुन १५ गते स्वास्थ्य सेवा ऐन, २०५३ जारी भएको थियो । सोहीदिनको सम्झनामा प्रत्येक वर्ष फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाइदै आएको छ ।
संघ, प्रदेश तथा स्थानीय तहहरूमा विविध कार्यक्रम आयोजना गरी आज स्वास्थ्य सेवा दिवस मनाइदैछ ।
हेल्थपाटी
तपाईँको अभिमत