२५,५४३ जनालाई डेंगु, ३२ जनाको मृत्यु
अ +
अ -
साउन महिनादेखि हालसम्म नेपालमा २५ हजार ५४३ जनालाई डेंगु संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये ३२ जनाको मृत्यु भएको छ ।
सबैभन्दा धेरै बागमती प्रदेशमा १९ हजर ९१० जनालाई डेंगु संक्रमण भएको छ । लुम्बिनीमा २८ सय ८७, प्रदेश १ मा ७७५, गण्डकीमा ५५६, सुदुरपश्चिममा ८०४,, मधेश प्रद्येशमा २८० र कर्णालीमा २३१ जनालाई संक्रमण पुष्टि भएको छ ।
लामखुट्टेको टोकाइबाट डेंगु लाग्ने भएकाले लामखुट्टेबाट जोगिन विज्ञहरुले आग्रह गरेका छन् । नेपालमा पहिलोपटक २०६१ सालमा डेंगुका बिरामी देखिएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत