आजबाट मास्क नलगाउनेलाई सार्वजनिक सवारीमा चढ्न नदिने

फाइल फोटो
काठमाडौं उपत्यकामा आजबाट मास्क नलगाइन सार्वजनिक सवारी साधनमा चढ्न नपाइने भएको छ ।
काठमाडौँ उपत्यकाका तीन जिल्ला प्रमुख जिल्ला अधिकारीसहितको बैठकले यस्तो निर्णय गरेको हो । उपत्यकामा भीडभाड बढ्दै गएको र स्वास्थ्य मापदण्ड पालनामा लापरवाही बढ्दै गएको भन्दै यस्तो नियम लागु गर्न लागिएको हो ।
सिट क्षमताअनुसार मात्रै यात्रु राख्न, सबै यात्रुले अनिवार्यरूपमा मास्क लगाउन, मास्क नलगाएका यात्रुलाई सवारी साधानमा प्रवेश रोक लगाउन, चालक सहचालकले अनिवार्यरूपमा मास्क, भाइजर र पञ्जा लगाउन, सवारी साधनको ढोकामा अनिवार्यरूपमा स्यानिटाइजर राख्न, सवारी साधनलाई अनिवार्यरूपमा दैनिक स्यानिटाइज गर्न भनिएको छ ।
आजदेखि लागू गरिएको निषेधाज्ञा अर्को आदेश नभएसम्मका लागि लागू हुने जनाइएको छ ।
संक्रमण घटेपनि जोखिम कायमै रहेकाले अनावश्यक बाहिर ननिस्किन, भीडभाड, जुलुस, जात्रा, महोत्सव नगर्न भनिएको छ । चाडपर्व स्वास्थ्यका सबै मापदण्ड पालना गरी सांकेतिक रुपमा मात्रै चाडपर्व मनाउन भनिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत