नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अस्वस्थ
अ +
अ -
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ हुनुभएको छ । हिजो बेलुकादेखि अध्यक्ष प्रचण्डको स्वास्थ्यमा केही असहज भएपछि घरमै आराम गरेर बस्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
माओवादी केन्द्रका नेता बामदेव क्षेत्रीको पुस्तक विमोचन कार्यक्रममा हिजो अध्यक्ष प्रचण्डले आफ्नो स्वास्थ्यमा अस्वस्थता महसुश गरेको बताउनुभएको थियो । रुघा, खोकी, ज्वरो आएपछि कोरोनाको शंकामा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको सचिवालयले जनाएको छ । चिकित्सिकहरुले भाइरल ज्वरो भएको बताएका छन् । अहिले सबै भेटघाट बन्द गरिएको सचिवालयले बताएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत