भारतमा मृत्युदर उच्च, कोरोनाका कारण एकै दिन ४५ सय बढीको मृत्यु
अ +
अ -
काठमाडौंं । भारतमा पछिल्लो २४ घण्टामा ४ हजार ५ सय २५ जनाको मृत्यु भएको छ ।
यसैबीच, भारतको उत्तराखण्डमा १६ हजारभन्दा धेरै बालबालिकालाई कोरोना पुष्टि भइसकेको छ । नौ वर्षका ३०२० र १० देखि १९ वर्षबीचको १३ हजार ३९३ किशोरमा संक्रमण देखिएको बिबिसीले जनाएको छ ।
भारतमा हाल १८ वर्षभन्दा बढी उमेर समूहलाई मात्रै कोरोना भाइरसको खोप लगाउने गरिएको छ ।
ब्राजिलमा २ हजार ५१७ जना रहेका छन् ।
यसैगरी अमेरिकामा ७११, अर्जेन्टिनामा ७४४,कोलम्बियामा ४८२,इरानमा ३१०,युक्रेनमा २८५,पेरुमा २९९, पोल्यान्डमा २४५, जर्मनीमा २७८, इटालीमा २०१, रुसमा ३६४, टर्कीमा २०३, फ्रान्समा १९८ र नेपालमा १९६ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट पछिल्लो २४ घन्टामा विश्वमा १३ हजार ७९७ जनाको मृत्यु भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत