संसदीय समितिद्वारा तत्काल विद्यालय बन्द गर्न निर्देशन
अ +
अ -
काठमाडौं । संसदीय समितिले तत्काल विद्यालय बन्द गर्न निर्देशन दिएको छ । समितिले बालबालिका कोभिड–१९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरेर वैकल्पिक विधिबाट पठन पाठन सञ्चालन गर्न निर्देशन दिएको हो ।
राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको आज शुक्रबार बसेको बैठकले विद्यार्थीमा कोरोना संक्रमणको पुष्टि भइसक्दा पनि विद्यालय सञ्चालकहरुले विद्यार्थीको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको र त्यसले बालबालिकामा संक्रमणको जोखिम बढाएको निष्कर्ष निकालेको हो ।
हेल्थपाटी
तपाईँको अभिमत