धेरै दुब्लो मान्छेले मोटाउनका लागि के खाने ?(भिडियो)
पछिल्ला दिनमा धेरै व्यक्तिलाई कसरी शरीरको तौल घटाउने भन्ने चिन्ता परेको देखिन्छ । तर जहिले पनि दुब्लो, पातलो भइरहने, कहिल्यै नमोटाउने समस्या पनि केही मान्छेलाई हुन्छ ।
कम तौल भएकै कारण सेना, प्रहरीलगायतमा भर्ती हुने बेला समस्या हुने, वैदेशिक रोजगारीका लागि जान खोज्दा समस्या हुने पनि धेरै हुन्छन् ।
सधैं दुब्लो भइरहने मान्छे कस्ता खानेकुरा खायो भने मोटाउँछ त ? पोषण तथा आहारविद् वर्षा भट्टराईले दिनुभएको जानकारी तल प्रस्तुत गरिएको छ ।
-दुब्लोलाई खानेकुरासँग जोड्नु भन्दा पहिला कुनै रोगले पो दुब्लाएको छ कि भनेर विचार गर्नुपर्छ । दुब्लाउने विभिन्न कारण हुन्छन् । जस्तो हाइपरथाइराइडिजम भन्ने हुन्छ, यसले मान्छे दुब्लाउने हुन्छ । कसै–कसैमा दुब्लो हुने वंशाणुगत कारण नै पनि हुन्छ । आमा–बुबाहरु दुब्लो पालतो छन् भने छोराछोरी पनि त्यस्तै हुने पनि हुन्छ ।
कसैकसैमा मेटाबोलिजम एकदमै बढी हुने हुन्छ । त्यो भनेको छिटो–छिटो खान पच्ने हुनु हो । खायो पचिहाल्यो हुँदा पनि कहिल्यै मोटो नहुने समस्या कसै–कसैमा समस्या देखिन्छ । मांसपेशी धेरै भएको र शरीरमा चिल्लो पदार्थ कम भएको मानिसमा यस्तो समस्या देखिन्छ । यस्तो हो भने खानेकुरा नै बढाउनु पर्ने हुन्छ ।
एकै पटक धेरै खान सक्दैन भने, खानेकुरा पटक–पटक खाइरहनुपर्यो ।
कस्तो खालको खानेकुरा खाने भन्दा क्यालोरी खाने गर्नुपर्छ । जस्तो एक गिलास दूध खाने गर्नुभएको छ भने त्यसमा सातु मिसाएर, बदाम, काजु, केरा आदि मिसाएर खाँदा बढी क्यालोरी पाउने हुन्छ ।
मान्छेले अण्डा खायो भने मोटाउँछ, केरा खायो भने मोटाउँछ भनिरहेका हुन्छन् । यसमा म के भन्छु भने खाजा, तथा खानामा नियमित खानेकुरा खाइरहनुभएको छ र त्यसमा केरा पनि प्लस गरेर खानुभयो भने मोटो हुने हो । अरु खानेकुरामा मात्रा घटाएर त्यसमा दुई वटै केरा खानुभयो भने पनि त्यसले केही फरक पार्ने होइन । केरा क्यालोरी धेरै भएको, कार्बाेहाइड्रेड भएकै खानेकुरा हो ।
तपाईँको अभिमत