बेलायतका राजा चार्ल्सलाई क्यान्सर, उपचार सुरु
अ +
अ -
बेलायतका राजा चार्ल्सलाई क्यान्सर भएको पत्ता लागेको बकिङ्गम दरबारले जनाएको छ । तर कुन प्रकारको क्यान्सर लागेको खुलाइएको छैन । क्यान्सरको चरण वा अवस्थाबारे अहिले नै केही खुलाइएको छैन।
प्रोस्टेट बढेपछि जाँच गर्दा क्यान्सर पत्ता लागेको भए पनि यो प्रस्टेट क्यान्सर नभएको जनाइएको छ।
दरबारको वक्तव्यअनुसार राजाले सोमवारबाट नियमित उपचारू सुरु गर्नु भएको छ ।
७५ वर्षीय राजा सार्वजनिक गतिविधिमा सहभागी हुनुनहुने जनाइएको छ । उहाँको उपचारको समयमा रानी कमिला एवं राजकुमार विलियमले राजकीय दायित्वहरू निर्वाह गर्नुहुने छ ।
तपाईँको अभिमत