काठमाडौं उपत्यकामा ९३७ संक्रमित थपिए
अ +
अ -
काठमाडौं । काठमाडौं उपत्यकामा आज ९३७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ७२३, भक्तपुरमा ७३ र ललितपुरमा १४१ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा आज ५ हजार ४२ जनालाई संक्रमण पुष्टि भएको छ । आज ८ हजार २४३ निकाे भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ६८ जना संक्रमितको मृत्यु भएको छ ।
अहिलेसम्म नेपालमा ५ लाख ९८ हजार हजार २०४ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ८४ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ७९९ जनाको मृत्यु भएको छ
अहिले ९२ हजार ९२८ संक्रमित आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा ११ हजार ४७१ पीसीआर र ५ हजार ३४३ जनाको एन्टीजेन परीक्षण भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत