ग्रिन टी पिउनुका यस्ता छन् पाँच फाइदा

हरियो चिया अर्थात् ग्रिन टी मानव स्वास्थ्यका लागि लाभदायक रहेको छ । यसमा हुने विभिन्न गुणहरूले पाचन प्रणाली, छाला, मुख स्वास्थ्यलगायत विभिन्न स्वास्थ्यमा यसले लाभ दिने विज्ञहरूको भनाइ छ ।
यो धेरै मात्रामा भने पिउन हुँदैन । विशेषगरी खालि पेटमा धेरै पिउन नहुने विज्ञहरू बताउँछन् । यो हरेक दिन २ देखि ३ कपसम्म पिउँदा उपयुक्त हुन्छ । यहाँ ग्रिन टी पिउनुका पाँच फाइदा प्रस्तुत गरिएको छ :
बुढ्यौली ढिलो ल्याउँछ
हरियो चियामा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट हुन्छन्, जसले शरीरलाई फ्री रेडिकल्स (हानिकारक अणुहरू) बाट जोगाउँछ। यसले बुढ्यौली ढिलो ल्याउँछ र रोगहरूको जोखिम कम गर्छ।
स्मरणशक्तिमा सुधार
कफीभन्दा कम क्याफिन भएको हरियो चियामा एल-थिनाइन नामक एमिनो एसिड पनि पाइन्छ। यसले ध्यान केन्द्रित गर्न, स्मरणशक्ति सुधार गर्न र मूड राम्रो बनाउन मद्दत गर्छ ।
मुटुको स्वास्थ्यका लागि लाभदायक
हरियो चियाले कोलेस्टेरोल घटाउँछ, रक्तचाप नियन्त्रित राख्छ र रक्त प्रवाह सुधार गर्छ। दालचिनी, ल्वाङ वा जीरासँग मिसाएर पिउँदा धमनीमा बोसो जम्नबाट पनि जोगाउन सक्छ।
पाचन प्रणालीलाई सहयोग गर्छ
पाचन गडबडी, ग्यास वा अफ्ठ्यारो भएको बेला हरियो चियाको एक कपले पनि आराम दिन सक्छ। खानेकुरा पचाउन सहयोग गर्छ र पेटलाई शान्त पार्छ।
मुखको दुर्गन्ध हट्छ
हरियो चियामा हुने एन्टिब्याक्टेरियल तत्वले मुखभित्रका हानिकारक ब्याक्टेरियालाई घटाउँछ। यसले गर्दा मुखको दुर्गन्ध हट्न मद्दत पुग्छ ।
(टाइम्स अफ इन्डियाबाट)
तपाईँको अभिमत