अब पीसीआर परीक्षणको शुल्क २ हजार मात्रै लिन पाउने
काठमाडौं । अब शुल्क तिरेर पीसीआर परीक्षण गर्नेले पनि २ हजार रुपैयाँ मात्रै तिरे पुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबारबाट लागू हुनेगरी सरकारले पीसीआर परीक्षणको शुल्क दुई हजार रुपैयाँ कायम गरेको जानकारी दिनुभएको हो।
अब निजी र सरकारी सबै प्रयोगशालाले पीसीआर परीक्षणको शुल्क २ हजारभन्दा बढी लिन पाउने छैनन् । यसअघि पीसीआर परीक्षण गरेको शुल्क ४४ सय रुपैयाँ लिइँदै आएको थियो । सुरुमा ५५०० तिरेर पीसीआर परीक्षण गर्न पाउने गरी निर्णय गरिएकोमा भदौ भदौ १४ गते मन्त्रालयलले शुल्क घटाइ ४४०० कायम गरेको थियो।
विश्व बजारमा परीक्षणका उपकरणका लागि आवश्यक कीट लगायतको मूल्य घटेकाले परीक्षयाको शुल्क पनि घटाइएको प्रवक्ता गौतमले बताउनु भयो।
हेल्थपाटी 
तपाईँको अभिमत