काठमाडौं उपत्यकाका ५ सहित थप १४ संक्रमितको मृत्यु

अ +
अ -
काठमाडौं । नेपालमा २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार ३ महिला र ११ पुरुषको मृत्यु भएको छ । काठमाडौंका ७६ वर्षकी महिला तथा ५१ वर्ष, ५४ वर्षका पुरुष र भक्तपुरका ७२ वर्ष, ३८ वर्ष र ६१ वर्षका पुरुषको मृत्यु भएको छ ।
यस्तै सुनसरीका ४३ वर्ष, स्याङ्जाका ८५ वर्ष, गोरखाका ४५ वर्ष, कास्कीका ५१ वर्ष, रुपन्देहीका ६० र ४० वर्षका पुरुष तथा पर्साकी ७८ वर्ष र तनहुँकी ७६ वर्षकी महिलाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ३३६ पुगेको छ ।
तपाईँको अभिमत