नेपालमा कोरोना निको हुने दर ९९.१ प्रतिशत
अ +
अ -
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण भई निको हुने दर ९९.१ प्रतिशत रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले १४ दिन अगाडिको सक्रिय संक्रमितको तथ्यांकलाई आधार मान्दा नेपालमा निको हुने दर ९९.१ प्रतिशत रहेको जानकारी दिनुभयो ।
उहाँले संक्रमितको मृत्युदर ०.९ प्रतिशत रहेको बताउनुभयो । उहाँका अनुसार १४ दिन अगाडि रहेको ३४ हजार १९४ सक्रिय संक्रमितमध्ये ३३ हजार ८८२ निको भएका छन् भने ३१२ जनाको मृत्यु भएको छ ।
उहाँले संक्रमण पुष्टि भएको १४ दिनसम्म संक्रमितहरु आइसोलेसनमा बस्नुपर्ने भएकाले, १४ दिन अघिको संख्याका आधारमा निको हुने दर निकालिएको स्पष्ट पार्नुभयो ।
तपाईँको अभिमत