काठमाडौं उपत्यकामा थप ५७२ लाई कोरोना, मृत्यु हुनेकाे संख्या ३१७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा ५७२ जनालाई कोरोना भाइरस रोग पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौंमा ४९५, ललितपुरका ४३ र भक्तपुरका ३४ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
आज देशभर १ हजार २४६ जनालाई कोरोना पुष्टि हुनुका साथै १ हजार ८१८ जना डिस्चार्ज भएका छन् । यो सँगै कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ भने निको हुनेको संख्या ३५ हजार ७०० रहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ५ कोरोना संक्रमितको मृत्यु भएपछि मृतकको संख्या ३१७ पुगेको छ । प्रवक्ता गौतमका अनुसार मृत्यु हुनेहरुमा काठमाडौंकी ५५ वर्षकी महिला, ५९,८३ र ६२ वर्षका पुरुष तथा कपिलवस्तुका २९ वर्षका पुरुष रहेका छन् ।
तपाईँको अभिमत