काठमाडौं उपत्यकामा थप ४६४ लाई कोरोना, देशभर ६ संक्रमितको मृत्यु

प्रतिकारात्मक तस्बिर
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४६४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा ४६४ सहित देशभर १ हजार ८१ लाई कोरोना पुष्टि भएको जानकारी दिनुभएको हो । यो सँगै कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ ।
उहाँका अनुसार काठमाडौंमा ३९४, भक्तपुरमा ३६ र ललितपुरमा ३४ जना लाई कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा जना ९१८ डिस्चार्ज भएपछि निको हुनेको संख्या ३३ हजार ८२२ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ । २४ घण्टामा ११ हजार १६७ जनाको पीसीआर परीक्षण भयो । क्वारेन्टिनमा ५ हजार ४८० जना बसिरहेका छन् ।
यसैबीच थप ६ कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौंका ८३ वर्ष र ६७ वर्षकी महिला, अर्घाखाँचीका ४२ वर्षका पुरुष, बाँकेका ८० वर्षकी महिला, कास्कीकी ७३ वर्षकी महिला र नवलपरासीका ६४ वर्षका पुरुषको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ३१२ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत