ट्रमा सेन्टरमा कार्यरत डाक्टर,नर्ससहित २७ जनालाई कोरोना
काठमाडौं । महाबौद्धस्थित राष्ट्रिय ट्रमा सेन्टरमा चिकित्सक , नर्स सहित २७ जना कर्मचारी कोरोना संक्रमित भएका छन् । ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले ५ जना डाक्टर, ८ जना नर्स, ४ जना ल्याब, १ जना पारामेडिक्स,सरसफाई कर्मचारी ८ र बाँकी प्रशासन कार्यालय सहयोगी गरी २७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।
डा. पौडेलले उनीहरु किर्तिपुर आयुर्वेद केन्द्र र टेकु अस्पतालमा उपचाररत रहेको भन्दै संक्रमितको सम्पर्कमा आएका ७० जना स्वास्थ्यकर्मीहरु पनि क्वारेनटाइनमा रहेको बताउनुभयो । उहाँले हामीकहाँ ज्वरो आएर वा अन्य रोग लागेर आउने बिरामीहरु हुदैनन् भन्दै लडेर, दुर्घटनामा परेर, हातखुट्टा भाँचेर मात्र ट्रमा सेन्टरमा आउने तर उनीहरुकाे परीक्षण गर्दा संक्रमित भएकाे थाहाहुने बताउनुभयो ।
उनीहरुको तत्काल उपचार नगरे अवस्था गाहे हुने भन्दै यहि कारण पनि धेरै स्वास्थ्यकर्मी संक्रमित भएको बताउनुभयो । लक्षण नभएका बिरामी आउने भएकोले धेरै समस्या भएको छ, डा. पौडेलले भन्नुभयो,“अहिले आइसियुमा राखेको बिरामीलाई कोरोना देखिएको छ ।” बिरामीको कुरुवालाई पनि कोरोना देखिएको उहाँले जानकारी दिनुभयाे ।
कोभिडको उपचार गर्ने अस्पतालमा सतर्कता अपनाएर उपचार हुने र ट्रमा सेन्टरमा आकस्मिक घटनाका केशहरु आउने भएकोले उपचार गर्ने डाक्टर,नर्स र स्वयम बिरामीलाई पनि धेरै समस्या परेको उहाँको भनाई छ ।
हेल्थपाटी
तपाईँको अभिमत