स्वास्थ्य अनुसन्धान परिषद्द्वारा अनुदानका लागि प्रस्ताव आह्वान
स्वास्थ्यमा अनुसंधान गर्ने विद्यार्थीलाई पेश गर्न आह्वान
काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले स्वास्थ्य क्षेत्रमा शोध (अनुसंधान) गर्ने विद्यार्थीलाई अनुदानका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको छ । एनएचआरसीले सोमबार सूचना जारी गर्दै शैक्षिक सत्र २०७७/०७८ का लागि ‘अन्डरग्रेजुएट’ र ‘पोस्ट ग्रेजुएट’ का नेपाली विद्यार्थीबाट प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।
हरेक वर्ष नेपाल विशेष स्वास्थ्य अनुसन्धान गर्ने विद्यार्थीलाई दिइँदै आइरहेको अनुदान सातै प्रदेशबाट सोका लागि प्रस्ताव पेश गर्न खुला भएको हो । अनुदानका लागि नेपालका जुनसुकै विश्वविद्यालयसँग सम्बन्धन प्राप्त भएका कलेज तथा इन्स्टिच्यूटका नेपाली विद्यार्थीले प्रस्ताव पेश गर्न पाउने छन् । प्रस्ताव पेश गर्नका लागि दुवै तहका विद्यार्थी अन्तिम वर्षमा अध्ययनरत हुनुपर्ने छ ।
प्रस्ताव पास भएको ६ महिनाभित्र विद्यार्थीले शोध पूरा गरिसक्नुपर्ने सूचनामा भनिएको छ । ‘पास भएर अनुदान सम्झौतामा हस्ताक्षर गरिएका सबै निवेदकले ६ महिनाभित्र अनुसन्धान पूरा गरिसक्नुपर्छ’, सूचनामा भनिएको छ, ‘तर २०७८ असार १६ भन्दा पछि होइन ।’
आफ्नो प्रस्ताव विद्यार्थीले grant.nhrc@gmail मा इमेल वा एनएचआरसीको क्षमता अभिवृद्धि विभागमा पेश गर्न सक्नेछन् । प्रस्ताव असोज १४ गते साँझ ५ बजेसम्ममा पेश गरिसक्नुपर्ने छ ।
हेल्थपाटी
तपाईँको अभिमत