काठमाडौंमा ३२६ सहित थप ९७९ लाई कोरोना, मृत्यु हुनेको संख्या ३००
१७३६ डिस्चार्ज
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९७९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले देशभर ९७९ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
काठमाडौं उपत्यकामा मात्रै ३२६ जनालाई पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये काठमाडौंका २९३ ललितपुरका २० र भक्तपुरका १३ जना रहेका छन् ।
१ हजार ७३६ डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७३६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले एकैदिन १ हजार ७३६ जना डिस्चार्ज भएको जानकारी दिनुभयो । यो सँगै हालसम्म निको हुनेको संख्या ३० हजार ६७७ पुगेको छ ।
प्रवक्ता गौतका अनुसार देशभर सक्रीय संक्रमितको १६,२५९ रहेको छ । जसमा संस्थागत आइसोलेसनमा ९०६९, जना र होम आइसोलेसन ७, १९० जना संक्रमित रहेका छन् । २४ घण्टा डिस्चार्ज हुनेको संख्या १, ७३६ र जम्मा डिस्चार्ज हुनेको संख्या ३०, ६७७ आजको पीसीआर परीक्षणको संख्या ९,२१८ रहेको छ ।
थप ११ संक्रमितको मृत्यु
नेपालमा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार ४ महिला र ७ पुरुषको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ३०० पुगेको छ ।
तपाईँको अभिमत