काठमाडौं उपत्यकामा ३५४ सहित थप ९८० कोरोना संक्रमण
१ हजार ८१४ डिस्चार्ज
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९८० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले देशभर ९८० जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
काठमाडौं उपत्यकामा मात्रै ३५४ जनालाई पुष्टि भएको छ । काठमाडौंका २९० ललितपुरका ३२ र भक्तपुरका ३२ जनालाई कोरोना पुष्टि भएको छ ।
१ हजार ८१४ डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८१४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले एकैदिन १ हजार ८१४ जना डिस्चार्ज भएको जानकारी दिनुभयो । यो सँगै हालसम्म निको हुनेको संख्या २८ हजार ९४१ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार देशभर सक्रीय संक्रमितको संख्या १७,०२७ रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ९,२०१ होम आइसोलेसनमा ७, ८२६ जना संक्रमित रहेका छन्। २४ घण्टामा डिस्चार्ज हुने संक्रमितको संख्या १८१४ रहेको छ । २४ घण्टामा गरिएको पीसीआर परीक्षणको संख्या १०, ३८२ रहेको छ ।
तपाईँको अभिमत