५ महिनामा ७३ सुत्केरीको मृत्यु, रक्तस्राव र कम्पन मुख्य कारण
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण सुरु भएयता देशभर ७३ जना सुत्केरीको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङ कार्यक्रममा स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा मातृ तथा नवजात शिशु शाखा विभाग प्रमुख डा.पुन्या पौडेलले विगत ५ महिनामा नेपालमा ७३ सुत्केरीको मृत्यु भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार चैत ११ गते जारी भएको लकडाउनदेखि जेठ महिनासम्म ४३ सुत्केरीको मृत्यु भएको छ । उहाँले धेरैजसो मृत्यु रक्तस्राव र कम्पनका कारण भएको पाइएको बताउनुभयो । सुत्केरी भएको ४८ घण्टाभित्र नै आमाको मृत्यु भएको भन्दै उहाँले मातृशिशु मृत्यु हुन नदिन स्वास्थ्य संस्थामा नै गएर सुत्केरी गराउन आग्रह गर्नुभयो ।
डा.पौडेलले गर्भवती तथा सुत्केरीहरुलाई वाकवाकी लागेमा, टाउको दुख्ने, रक्तसाव भए, ज्वरो आए, कम्पन भएमा तुरुन्तै स्वास्थ्य संस्थाहरुमा जान आग्रह गर्नुभयो ।
तपाईँको अभिमत