रुसकाे कोरोना विरुद्धको खाेप सफल : 'एन्टिबडी विकास गर्याे'
मस्को: कोरोना भाइरस विरुद्धको रुसी खोपले एन्टिबडी विकास गरेको विज्ञहरूले बताएका छन्। रुसी वैज्ञानिकले द ल्यान्सेट जर्नलमा प्रकाशन गरेको पहिलो रिपोर्टअनुसार कोरोनाको सो खोपले प्रतिरोधात्मक क्षमता विकास गरेको हो।
खोप लिएका सबै ३८ जना स्वयम्सेवकमा एन्टिबडी विकास भएको भेटिएको छ। रिपोर्टअनुसार १८ देखि ६० उमेर समूहका तिनमा कुनै गम्भीर साइड इफेक्ट देखिएको छैन । तर सामान्य टाउको र जोर्नी दुख्ने समस्या भने देखिएको छ।
सबैलाई पहिलो डोज दिएको ३ सातापछि बुस्टर डोज दिइएको बताइएको छ । ४२ दिनसम्म गरिएको अध्ययनमा सबै सहभागीको शरीरले ३६ दिनमै एन्टिबडी विकास गरेको पाइएको हो।
राष्ट्रपति भ्लादिमिर पुटिनले अगस्टमा खोप प्रयोगका लागि खुला गरिएको बताउनुभएको थियो। सुरक्षित र भरपर्दो खोप भएको भन्दै उहाँले आफ्नी एक छोरीलाई समेत खोप दिइएको बताउनुभएको थियो।
कोरोनाविरुद्ध खोप प्रयोग अनुमति दिने रुस पहिलो देश हो । विश्वका केहि विज्ञहरूले भने फास्ट ट्रयाकबाट खोप विकास गरिएको भन्दै यसको विश्वसनीयता तथा सुरक्षामा शंका गर्दै आइरहेका छन् ।
तपाईँको अभिमत