गण्डकी प्रदेशमा ६१२ सक्रिय संक्रमित, कुन जिल्लामा कति ?
पोखरा। शुक्रबार गण्डकी प्रदेशमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा ५७ पुरुष र ३४ महिला गरी ९१ जनामा संक्रमण पुष्टि भएको हो।
यसैगरी २ जना संक्रमितको ज्यान गएको छ भने ७ जना निको भएका छन्।
शुक्रबार ९९२ को नमुना परीक्षण गर्दा ९१ जनामा संक्रमण भएको पाइएको हो। सबभन्दा बढी पूर्वी नवलपरासीमा भेटिएका छन्। कोभिड–१९ सम्बन्धी गण्डकी प्रदेशको अद्यावधिक विवरणअनुसार पूर्वी नवलपरासीमा ४२ जना नयाँ संक्रमित भेटिएका हुन्। यससँगै जिल्लाभर संक्रमित हुनेको संख्या ५३१ पुगेको छ। त्यस्तै गोरखामा २२ नयाँ संक्रमित भेटिएका छन्।
यससँगै गण्डकीमा संक्रमित हुनेको संख्या २ हजार ४०३ पुगेको छ। जसमध्ये १ हजार ७७३ निको भएका छन् भने १८ जनाको ज्यान गएको छ।
प्रदेशमा अहिले ६१२ जना सक्रिय संक्रमित रहेका छन्।
हेल्थपाटी
तपाईँको अभिमत