मनमोहन अस्पतालमा कुटपिट गर्नेलाई कारबाहीकाे माग
अ +
अ -
काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) ले स्वयम्भुस्थित मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालमा अज्ञात समुहले गरेको आक्रमणप्रति भत्र्सना गर्दै दोषीलाई कारबाही गर्न माग गरेको छ । महासचिव डा.बद्री रिजालले विज्ञप्ति निकालेर गुण्डागर्दी शैलीमा कानूनी राज्यको उपहास गरि स्वास्थ्य सेवा प्रभावमा पार्ने काम क्षम्य नभएको भन्दै दोषीलाई कडा कारबाहीको माग गर्नुभएको हो ।
मनमोहन अस्पतालमा गएराती ९ बजेतिर आकस्मिक कक्षमा झडप भएको थियो । अज्ञात समुहले चिकित्सक, नर्सिङ, प्यारामेडिक्स तथा सरक्षा गार्डहरुलाई समेत हातपात गरि ईसिजी मेशिन, ड्रेसिङ ड्रम, बस्ने दल, टिचल फोसेब, एम्ब व्याग र अन्य मेडिकल उपकरणहरु तोडफोड गरेका थिए । अस्पतालले १५ लाख बराबरको क्षति भएको जनाएको छ ।
तपाईँको अभिमत