कोरोनाको गलत रिपोर्ट बनाउने डाक्टर पक्राउ
नर्सको नाम गलत परेपछि खुल्यो बदमासी

प्रतिकारात्मक तस्बिर
दिल्ली । परीक्षण नै नगरी कोरोनाको गलत रिपोर्ट बनाएर बदमासी गर्ने भारतका एक डाक्टर पक्राउ परेका छन् । दक्षिण दिल्लीका एक कुश पाराशर नामका डाक्टरले यसरी ठगी गरेको फेला परेपछि प्रहरीले उनी र उनको एक सहयोगीलाई पक्राउ गरेको छ । दक्षिण दिल्ली प्रहरीका डिएसपी अतुल ठाकुरले दिएको जानकारी अनुसार ती डाक्टरले एक चर्चित प्रयोगशालाको नामबाट परीक्षण कर्तालाई रिपोर्ट दिने गरेको थिए ।
उनले आफैं स्वाब संकलन गर्थे । यस क्रममा दुई जना नर्सले पनि परीक्षणका लागि कुश पाराशरलाई स्वाब दिएका थिए । उनले परीक्षणको रिपोर्ट भन्दै नर्सहरुको मोबाइलमा पीडीएफ फर्म्याटको रिपोर्ट पठाइ दिए । त्यसमा एक जना नर्सको नाम गलत भएछ । ती नर्सले जुन प्रयोगशालाको नाम दिइएको थियो। जब ती नर्सले त्यहाँ फोन गरेर आफ्ना नाम गलत परेकाले सच्चाउन आग्रह गरिन् । त्यसपछि ती डाक्टरको हर्कतको खुलासा भयो ।
प्रयोगशालाले त्यस्तो नामको कुनै स्वाब प्रयोगशालामै नआएको जानकारी दिए । ती नर्सले गलत रिेपोर्ट बनाउने डाक्टरविरुद्ध प्रहरीमा उजुरी गरिन् । प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेपछि थाहा भयो कि ती व्यक्तिले परीक्षण गर्ने भनेर स्वाब लिएका सबैको नक्कली रिपोर्ट बनाएर दिने गरेका रहेछन् । हालसम्म उनले ७५ भन्दा धेरैलाई यसरी मूर्ख बनाइसकेको देखिएको दक्षिण दिल्ली प्रहरीले जनाएको छ ।
अनुसन्धानपछि प्रहरीले पत्ता लगायो कि कुश बिहारी पाराशर नाम गरेका ती व्यक्तिले रुसबाट एमबीबीएस गरेका थिए । उनले विभिन्न क्लिनिकहरुमा काम गर्दै आएका थिए । उनले सामाजिक सञ्जालमार्फत आफूले कोरोनाको परीक्षण गर्ने प्रचार गरेका थिए । यसै प्रचारका आधारमा उनीसमक्ष परीक्षणका लागि व्यक्तिहरु पुगेका थिए ।
उनले नक्कली रिपोर्टमा कसैको नेगेटिभ र कसैको पोजेटिभ रिपोर्ट बनाएर दिने गरेका थिए । प्रहरीका अनुसार उनले एक जना बराबर २४ सय आइसी लिने गरेका थिए । संकलन गरेको स्वाबको नमुना नष्ट गरेर फाल्ने गरेका थिए । उनले दिएको गलत रिपोर्टको भर परेर कोरोना फैलिएको हुनसक्ने अनुमान गरी तिनहरुको पुन परीक्षण गर्न थालिएको छ । यस कार्यमा संलग्न अन्य सहयोगीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
एनडीटिभी बाट
हेल्थपाटी
तपाईँको अभिमत