देशभर थप १४ जना संक्रमितको मृत्यु, संख्या २७१ पुग्याे
१ हजार ३५४ कोरोना संक्रमित डिस्चार्ज

फाइल तस्बिर
काठमाडौं । नेपालमा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार ४ महिला र १० पुरुषको मृत्यु भएको छ । काठमाडौंका ८२, ६८ र २२ वर्षकी तथा चितवनकी ३५ वर्षकी महिलाको मृत्यु भएको छ ।
साथै सप्तरीका ५५ वर्षका २ पुरुष, धनुषाका ६५ वर्ष, कास्कीका ३१ वर्ष, नवलपरासीका ३७, प्यूठानका ५८ वर्ष, रुपन्देहीका ७८ ,पाल्पाका ६३ वर्ष र सुर्खेतका ४५ वर्षका पुरुषको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमितको मृत्यु हुनेको संख्या २७१ पुगेको छ ।
यसैबीच देशभर आज १ हजार ३५४ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २५ हजार ५६१ पुगेको छ । आज देशभर १ हजार ३५९ संक्रमित थपिएका छन् । आज थपिएका संक्रमितसँगै देशभर कोरोना संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ । सोमध्ये निको हुनेको संख्या २५ हजार ५६१ रहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत