सिसिटिभी भिडियो : यसरी कुटिए मनमोहन अस्पतालमा घाइते र स्वास्थ्यकर्मी
काठमाडौं । काठमाडौंको स्वयम्भुस्थित मनमोहन मेमोरियल मेडिकल कलेजमा साँझ ४ जना युवा भर्ना भए । रानीबन ढुंगेधारमा भलिबल खेल्ने क्रममा युवाहरुबीच झगडा भयो । सो क्रममा ४ जना घाइते भए । प्रहरीले उनीहरुलाई मनमोहन अस्पताल पुर्यायो । मनमोहनमा लगेको भन्ने थाहा पाएपछि कुटपिट गर्ने युवाहरु ३०–४० जनाको समुहमा राती ९ बजेतिर अस्पतालको आकस्मिक कक्ष प्रवेश गरे ।
आकस्मिक कक्षमा जे–जे भेटिन्छ, ज–जसलाई भेटिन्छ पिट्न थाले । चिकित्सक, नर्सिङ, प्यारामेडिक्स तथा सरक्षा गार्डहरुलाई समेत हातपात गरि ईसिजी मेशिन, ड्रेसिड ड्रम, बस्ने दल, टिचल फोसेब, एम्ब व्याग र अन्य मेडिकल उपकरणहरु तोडफोड गरे । आकस्मिक कक्ष रक्ताम्यै भयो । घटनापछि राती नै आकस्मिक सेवा बन्द भयो ।
स्वयम्भु प्रहरीले घटनामा संलग्न ३ जनालाई प्रक्राउ गरेको छ । दोषीलाई कडा कारबाही गर्ने प्रहरीले प्रतिवद्धता जनाएपछि आकस्मिक सेवा सूचारु भएको अस्पतालका निर्देशक डा. धर्म सुवेदीले जानकारी दिनुभयो । उहाँले तोडफोडबाट करिव १५ लाख वरावरको क्षति भएको बताउनुभयो ।
तपाईँको अभिमत