मनमोहन अस्पतालको आकस्मिक कक्षमै भिडन्त, आकस्मिक सेवा बन्द
काठमाडौं । काठमाडौंको स्वयम्भुस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न ल्याइएको बिरामीमाथि अज्ञात समुहले आक्रमण गरी अस्पतालमा तोडफोड गरेको छ । अस्पतालका अनुसार बिहीबार राती ९:०२ बजेको समयमा करिब २० – ३० जनाको अज्ञात समूह गुण्डागर्दी शैलीमा आकस्मिक कक्षमा प्रवेश गरि उपचारका लागि भर्ना भएका अर्का घाइतेलाई थप कुटपिट गरेको थियो ।
सो समुहले आकस्मिक कक्षका चिकित्सक, नर्सिङ, प्यारामेडिक्स तथा सरक्षा गाडहरुलाई समेत हातपात गरि ईसिजी मेशिन, ड्रेसिड ड्रम, बस्ने दल, टिचल फोसेब, एम्ब व्याग र अन्य मेडिकल उपकरणहरु तोडफोड गरेको र भिडन्तका क्रममा आकस्मिक कक्ष रक्ताम्य भएकाले हाललाई आकस्मिक सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालले घटनाको भ्रर्तसना गर्दै सम्बन्धित निकायसँग दोषीमाथि कडा कारबाहीको माग गरेको छ । आकस्मिक कक्ष र अस्पतालभित्र रहेका अन्य विरामीहरुलाई आवश्यक उपचारको व्यवस्था गर्ने अस्पतालले जानकारी दिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत