काठमाडौं उपत्यकामा १,६०५ संक्रमित उपचाररत, कुन अस्पतालमा कति ?
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल काठमाडौं उपत्यकाका १८ वटा अस्पतालमा १ हजार ६०५ कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये आइसोलेसनमा १ हजार ५१६ जना, ७८ जना आइसियु र ११ जना भेन्टिलेटरमा रहेका छन् ।
मन्त्रालयको पछिल्लो अध्यावधिक अनुसार देशभर कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ रहेको छ जसमध्ये २३ हजार २९० जना निको भएका छन् भने २५१ जनाको मृत्यु भएको छ । हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १९ जना आइसियुमा सहित ४३, सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा ८ जना आइसियु तथा १ जना भेन्टिलेटरमा सहित १४२, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ५ जना आयसियुमा सहित ७३, पाटन अस्पतालमा ६ जना आयुसियु र ४ जना भेन्टिलेटरमा सहित १११, कीर्तिपुर आयुर्वेद अस्पतालमा २०१, काठमाडौं मेडिकल कलेजमा ३ जना आयसियुसहित ३०, धुलिखेल अस्पतालमा १ जना आइसियुसहित २२, श्री विरेन्द्र अस्पतालमा १२ जना आइसियुसहित १२७ जना संक्रमितको उपचार भइरहेको छ ।
यसैगरी नेपाल प्रहरी अस्पतालमा २९४, भक्तपुर कोभिड अस्पतालमा ९, खरिपाटी आइसोलेसन सेन्टरमा ६१, वीर अस्पतालमा २ जना आइसियु र १ जना भेन्टिलेटरमा सहित ६६, स्पाइनल इञ्जुरी पुनर्स्थापना केन्द्र काभ्रेमा ९६, महेश मनमोहन अस्पताल दहचोकमा ८, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ७ जना आइसियु र २ जना भेन्टिलेटरमा सहित १५, मेघा अस्पतालमा ५ जना आइसियुमा सहित ४१ जना ह्याम्समा ८ जना आइसियु र ३ जना भेन्टिलेटरमा सहित ३३ जनाको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हेरौँ काठमाडौं उपत्यकामा उपचाररत संक्रमित कुन अस्पतालमा कति ?
तपाईँको अभिमत