भदौ २४ सम्म निषेधाज्ञा थप, सामान ढुवानी र ११ बजेसम्म पसल खोल्न पाइने
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि बढाइएको छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरु(सिडिओ)को वैठकले भदौ २४ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
भदौं १० गते एक हप्ताका लागि थप गरेको निषेधाज्ञा आज राती १२ बजेबाट सकिँदैछ । भदौं १७ गतेदेखि लागू हुने निषेधाज्ञामा केही सेवालाई सञ्चालनका लागि छुट दिइएको ललितपुर जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।
यसैगरी खाद्यान्न लगायतका अत्यावश्यकीय सामान खरिदका लागि बिहान ११ बजेसम्म खुला गर्ने निर्णय भएको छ । यसअघि बिहान ९ बजेसम्म मात्र खुला थियो । मजदुरहरु निर्माण क्षेत्रमै बसेर काम गर्ने सर्तमा अत्यावश्यकीय निर्माणलाई पनि खुला गरिएको छ । निर्माण कार्यका लागि आवश्यक सिमेन्ट, रडलगायतका कच्चा पदार्थका लागि पसल नखोलिने तर गोदामबाटै लैजान पाइनेछ ।
होटल, रेष्टुरेन्ट, फुटपाथ पसल बन्द हुनेछन् भने बैंक तथा बित्तीय संस्थाले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्ने जनाइएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत